काठमाडौँ, वेस्ट ह्याम युनाइटेडमाथि शानदार जित हासिल गर्दै चेल्सीले अर्को सिजन युरोपियन फुटबल खेल्ने सम्भावना कायम राखेको छ ।
आइतबार राति भएको खेलमा चेल्सी ५–० गोलले विजयी बनेको हो । खेलको १५ मिनेटमा नै कोल पाल्मरको गोलको मद्दतले चेल्सीले अग्रता लिएको थियो । ३० औँ मिनेटमा कोनर गालागरले दोस्रो गोल गरे भने ६ मिनेटपछि नै नोनी माडुकेले अर्को गोल गरे ।
दोस्रो हाफमा निकोलस ज्याक्सनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए । घरेलु मैदानमा चेल्सीको यो लगातार चौथो जित थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।