इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो । बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट हुन पुग्यो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा सर्वाधिक ५७ रनको योगदान दिए ।
साई होपले २९ रन तथा जेक फ्रेजर म्याकगर्कले ८ बलमा २१ रन बनाए । रसिख सलामले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।