मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा भव्या स्वागत

सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा भव्या स्वागत

  • 1.4K
    SHARES

  • सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा भव्या स्वागत

    काठमाडौं, एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ ।

    आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले हिजो सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।

    विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।

    सोमवार, जेठ १४ २०८१०५:२८:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार