काठमाडौँ,साउन ३ गते, बर्षाको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला अँधेरि खोलाको झरना हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्बिसे नगरपालिका - ८,९ मानेश्वाँरा र राम्चे गाउँको सिमानामा पर्ने अँधेरि खोलाको झरना आकर्षकको रुपमा रहेको छ । बाह्रबिसे बजारबाट करिब १ घन्टाको पैदल मार्ग हुँदै पुग्न सकिने झरनामा दैनिक घुम्न आउने पर्यटकको सङ्ख्या भने बढ्दै गएको स्थानियहरु बताउँछन् ।
यसै झरनामा पर्यटकका रुपमा जानेहरुले आफ्ना टिकटक र फेसबुका लगायत सामाजिक सन्जालमा समेत पोष्ट गर्नेसमेत गरेका छन् ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।