मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह

इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह

मेगा खबर संवाददाता

५, श्रावण २०८१
  • 1.1K
    SHARES

  • इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह

    काठमाडौँ, साउन ५ गते, वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिम्या जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।

    विभागले शुुव्रम्बार विज्ञप्तिमार्फत इजरायल पठाइदिने भनेर केही व्यक्ति र समूहले युुवासँग मनलाग्दी रूपमा रकम असुुली गरेको उजुरी विभागमा आएको र त्यस्ता व्यक्ति वा समूहबाट सचेत रहन सबैलाई आग्रह गरेको हो । विभागमा महानिर्देशक डण्डुुराज घिमिरेले इजरायलमा केयरगिभर श्रमिक पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेको विभागमा सूचना प्राप्त भएको र ती व्यक्ति वा संस्थाको गोप्य रूपमा निगरानी बढाएको जानकारी दिनुुभयो । 

    उहाँले इजरायलको केयरगिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभन नपर्न युुवालाई आग्रहसमेत गर्नुुभयो ।  विभागलाई प्राप्त सूचनाका आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहकाले यस्ता कार्य भए गरेको जानकारी भएमा जोसुुकैले कल सेन्टरलगायतका विभागमा सूचना दिन अनुुरोध गरेको छ ।  विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजानका लागि असार ११ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन आह्वान गरेको छ । 

    विभागका अनुसार वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरका लागि आवेदन आह्वान हो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । इजरायल जान इच्छुकले आउँदो साउन ११ गतेसम्म आवेदन दिनुुपर्ने विभागले जनाएको छ । गोरखापत्र अनलाइन

    शनिवार, श्रावण ५ २०८१०७:२४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार