मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बुढानीलकण्ठमा नव दुर्गा युवा क्लबद्वारा प्रथम वडा अधक्ष्य कपको आयोजना गर्दै

बुढानीलकण्ठमा नव दुर्गा युवा क्लबद्वारा प्रथम वडा अधक्ष्य कपको आयोजना गर्दै

मेगा खबर संवाददाता

२६, कार्तिक २०८१
  • 1.3K
    SHARES

  • बुढानीलकण्ठमा नव दुर्गा युवा क्लबद्वारा प्रथम वडा अधक्ष्य कपको आयोजना गर्दै

    काठमाडाै, “खेलबाट खेलाडिको पहिचान,खेलाडिनै हो यो देशको शान” भन्ने मुल नाराका साथ नव दुर्गा युवा क्लबले बुढानीलकण्ठ -१२ प्रथम वडा अध्यक्ष कप ५ ‘अ’ साइड फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

    बुढानीलकण्ठ - १२ सँगको सहकार्यमा क्लबले कार्तिक २९ र ३० गते खेल सञ्चालन गर्न लागेको हो भने सो प्रतियोगिता वडा नं १०,बालुवाखानी स्थित कप-अन फुटसल मैदानमा हुने र उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् । यस प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु.५ हजार तोकिएको छ । दर्ता फारम बुझाउने अन्तिम मिति २०८१ कार्तिक २५ गते सम्म अनिवार्य बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार प्रतियोगिता ५ ‘अ’ साईड ढाँचामा सञ्चालन हुन्छ । यसको सम्पुर्ण खेलहरू लिग र नकआउट चरणमा खेलाईने छ । प्रतियोगिताको विजेतालाई नगद रु.६० हजार र उपविजेतालाई रु.३० हजार पुरस्कार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई नगद रु.२५०० पुरस्कार दिने आयोजकले जानकारी दिएका छन् । बु.न.पा.-१२ का वडा अधक्ष्य शम्भु प्रसाद भट्टराई भन्छन् "बुढानिलकण्ठ नगरपालिका भित्र रहेका १३ वडाहरुलाई लक्षित गर्दै यो प्रतियोगिता आयोजना गरिएको हो र त्यस्तो प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा गर्नेछौ ।"

    समुह दर्ता भईरहेकाले ईच्छुक टिमलाई आयोजकले प्रदान गरेको सम्पर्क नं ९८५१३४५१०८ र ९८६०२७५८६१ मा सम्पर्क गर्नु आयोजकले जानकारी दिएको छ ।

    सोमवार, कार्तिक २६ २०८१०६:२५:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार