मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित

मेगा खबर संवाददाता

२०, मंसिर २०८१
  • 664
    SHARES

  • सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित

    काठमाडौं, नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

    आज भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए ।

    सुमित महर्जनले १४,गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २,तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए । सुदूरपश्चिमले यसअघि पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।


    बिहिवार, मंसिर २० २०८१०४:४४:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार