काठमाडौं,कीर्तिमानी पर्वतारोही मिङ्मा जी.शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन् । उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।
स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।