मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२३, श्रावण २०८२
  • 493
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ,  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी,मधेस,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा छ ।

    बिहिवार, श्रावण २३ २०८२०७:३१:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार