मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

देशभर मनसुनी वायुको प्रभाव,आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव,आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

मेगा खबर संवाददाता

२९, श्रावण २०८२
  • 511
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव,आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

    काठमाडौँ,  देशभर साधरणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी,मधेस,बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षा छ ।  कोशी,मधेस बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा छ । 

    आज राति गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षा छ । 

    बुधवार, श्रावण २९ २०८२०७:०३:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार