काठमाडौँ, मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । गण्डकी,लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा छ ।
आज राति देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।