मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, आज कहाँकहाँ छ भारी वर्षा ?

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, आज कहाँकहाँ छ भारी वर्षा ?

मेगा खबर संवाददाता

२, भाद्र २०८२
  • 739
    SHARES

  • बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, आज कहाँकहाँ छ भारी वर्षा ?

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ ।

    देशभर साधारणतया बदली छ । कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहनेछ ।

    बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षा छ ।

    सोमवार, भाद्र २ २०८२०६:४९:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार