काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ
कोशी,मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षा छ । कोशी,बागमती,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा छ ।
आज राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।