मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी, यी प्रदेशमा हुनेछ भारी वर्षा

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी, यी प्रदेशमा हुनेछ भारी वर्षा

मेगा खबर संवाददाता

४, भाद्र २०८२
  • 553
    SHARES

  • बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी, यी प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको छ ।

    हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    आज राति कोशी,मधेस,बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी,बागमती,गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा थोरै र बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ ।

     

    बुधवार, भाद्र ४ २०८२०६:५४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार