मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यी प्रदेशमा आज भारी वर्षा हुने

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यी प्रदेशमा आज भारी वर्षा हुने

मेगा खबर संवाददाता

६, भाद्र २०८२
  • 574
    SHARES

  • मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यी प्रदेशमा आज भारी वर्षा हुने

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली छ । 

    कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागको थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा छ ।

    आज राति देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ ।

    शुक्रवार, भाद्र ६ २०८२०६:४२:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार