सुर्खेत : कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ। शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ।
शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन्।
बजेट छलफलपश्चात तीन महिनाअघिदेखि कोरोना महामारीले सभा बस्न सकेको थिएन। यस्तै, महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, कर्णाली प्रदेश सरकारले कोभिड-१९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निःशुल्क गर्ने निर्णय गरेको छ।
सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणका बीच भएको समझदारी पत्र (एमओयू) अनुमोदन गर्ने, कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृती प्रदान गर्ने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, जस्ता विभिन्न निर्णय गरेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।