मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१३, भाद्र २०८२
  • 844
    SHARES

  • यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ । शुक्रबार दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए । कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षा बताए । शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।

    राति कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद झाले जानकारी दिए ।

    शुक्रवार, भाद्र १३ २०८२०७:००:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार