मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२०, भाद्र २०८२
  • 514
    SHARES

  • मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ ।

    बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ ।

     

    शुक्रवार, भाद्र २० २०८२०६:३१:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार