मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनी वायु थप सक्रिय, काठमाडौंमा बिहानैदेखि वर्षा

मनसुनी वायु थप सक्रिय, काठमाडौंमा बिहानैदेखि वर्षा

मेगा खबर संवाददाता

२६, भाद्र २०८२
  • 556
    SHARES

  • मनसुनी वायु थप सक्रिय, काठमाडौंमा बिहानैदेखि वर्षा

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभर साधरणतया बदली रहेको छ । मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी,मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । कोशी प्रदेशको पहाड र तराई मधेस प्रदेश, गण्डकी प्रदेशको र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा छ ।



    बिहिवार, भाद्र २६ २०८२०७:२८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार