मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

छैन भारी वर्षाको सम्भावना, यी स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

छैन भारी वर्षाको सम्भावना, यी स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

मेगा खबर संवाददाता

४, आश्विन २०८२
  • 505
    SHARES

  • छैन भारी वर्षाको सम्भावना, यी स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी,मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी,मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेस,बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा,मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    आज राति कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    शनिवार, आश्विन ४ २०८२०७:१५:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार