मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनी वायु कमजोर बन्दै,यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु कमजोर बन्दै,यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

७, आश्विन २०८२
  • 586
    SHARES

  • मनसुनी वायु कमजोर बन्दै,यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी,लुम्बिनी,बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षा छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा छ ।

    आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ । 

    मंगलवार, आश्विन ७ २०८२०६:२४:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार