मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानमा मध्यम वर्षा हुने

मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानमा मध्यम वर्षा हुने

मेगा खबर संवाददाता

१०, आश्विन २०८२
  • 721
    SHARES

  • मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानमा मध्यम वर्षा हुने

    काठमाडौ, देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षा छ । आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    शुक्रवार, आश्विन १० २०८२०६:४०:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार