मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यी स्थानमा आज भारी वर्षा हुने सम्भावना

यी स्थानमा आज भारी वर्षा हुने सम्भावना

मेगा खबर संवाददाता

१२, आश्विन २०८२
  • 601
    SHARES

  • यी स्थानमा आज भारी वर्षा हुने सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ । आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी,मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    आइतवार, आश्विन १२ २०८२०७:४१:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार