मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आजको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

मेगा खबर संवाददाता

१५, आश्विन २०८२
  • 373
    SHARES

  • आजको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

    काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग,मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ । यस क्रममा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा रहेको महाशाखाले जनाएको छ ।

    आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । यस क्रममा कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ ।

    बुधवार, आश्विन १५ २०८२०७:४४:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार