मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मनसुनी वायुको प्रभाव कायमै,आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

मनसुनी वायुको प्रभाव कायमै,आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

मेगा खबर संवाददाता

१९, आश्विन २०८२
  • 1.1K
    SHARES

  • मनसुनी वायुको प्रभाव कायमै,आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

    काठमाडौँ, देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ ।

    आज बिहान कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेस,बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । आज राति कोशी,मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । 

    आइतवार, आश्विन १९ २०८२०७:२२:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार