मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लक्ष्मीपूजाका दिन यि तीन स्थानमा आगलागी

लक्ष्मीपूजाका दिन यि तीन स्थानमा आगलागी

मेगा खबर संवाददाता

५, कार्तिक २०८२
  • 763
    SHARES

  • लक्ष्मीपूजाका दिन यि तीन स्थानमा आगलागी

    सर्लाही, कात्तिक ४ गते,लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागीबाट लाखौँको क्षति भएको छ । लालबन्दी नगरपालिका–५, मेजरगन्जमा लालबन्दी ७ का कैलाश साहले किराना समान राखेको गोदाममा भएको आगलागी दमकलसहितको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

    सोमबार राति ११ः३० बजेतिर जस्ताले छाएको र इँटाले बेरेको एक तले गोदाम घरमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएपछि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकबाट प्रमुख सेनानी (कर्णेल) उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आगलागी नियन्त्रणमा लिएको हो । 

    नेपाली सेनाको दमकलसहित सुरक्षाकर्मी र गाउँले भएर करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिएका हुन् । प्रारम्भिकरुपमा सङ्कलन गरिएको विवरणमा आगलागीबाट दुई करोड रुपियाँ बराबरको किराना समान जलेर नष्ट भएको गोदामधनीले बताएका लालबन्दी प्रहरीले जनाएको छ ।

    लक्ष्मीपूजा गर्दा बालिएको मैनबत्तीबाट आगलागी भएको आशङ्का गरिए पनि पुष्टी हुन भने बाँकी छ । गोदामधनी लक्ष्मीपूजा गरेर फर्किएपछि आगलागी भएको स्थानीयले बताएका छन् । यस्तै, लक्ष्मीपूजा गर्दा बालिएको दीपावलीबाट आगो सल्किँदा कविलासी नगरपालिका–१, पिपरिया बस्ने बब्लु मण्डलको घरमा क्षति पुगेको छ । आगलागीबाट घरको छानो र घरभित्र रहेका सरसमान जलेर नष्ट हुँदा चार लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ ।

    त्यस्तै, चक्रघट्टा गाउँपालिका–५, बस्ने श्यामसुन्दर रायको घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा ५० हजार रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेका कपडा, पङ्खा र केही नगद जलेको पीडितले बताएका छन् ।

    यी तीन ठाउँमा आगलागी हुनुबाहेक सर्लाहीमा लक्ष्मीपूजा अर्थात् दीपावली सामान्य ढङ्गले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोरखापत्र अनलाइन

    मंगलवार, कार्तिक ५ २०८२०८:१३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार