काठमाडौं, आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ ।
मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ,जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात छ ।
आज राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।