मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै,आज पनि उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै,आज पनि उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मेगा खबर संवाददाता

१३, कार्तिक २०८२
  • 853
    SHARES

  • पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै,आज पनि उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ, देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    गण्डकी प्रदेशका केही स्थानहरूमा,कोशी,बागमती,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात छ ।

    आज राति देशभर आंशिक बदली बदली रहने छ । कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात छ । मौसम विभागका अनुसार आज देशको बागमती,कमला,कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी,बागमती र मधेश प्रदेशका महाभारत,चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

    बागमती प्रदेशका काठमाडाैँ उपत्यका,काभ्रे,सिन्धुपाल्चोक,दोलखा,मकवानपुर,चितवन र सिन्धुली,मधेस प्रदेशका बारा, पर्सा,सर्लाही,रौतहट,महोत्तरी,धनुषा,सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा,ताप्लेजुङ,पाँचथर,तेहथुम,भोजपुर,धनकुटा, इलाम,झापा,मोरङ,सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

     

    बुधवार, कार्तिक १३ २०८२०७:३७:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार