मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

मेगा खबर संवाददाता

१४, कार्तिक २०८२
  • 712
    SHARES

  • अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

    सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ ।

    म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिएको थियो । बिहीबार बिहानसम्म १७ जना विदेशी पर्यटकसहित १६२ जनालाई उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए ।

    अहिले त्यस क्षेत्रमा कुनै पनि पर्यटक नरहेको पनि उनले बताए । अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । 

    बिहिवार, कार्तिक १४ २०८२१२:२९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार