काठमाडौँ, मनास्लु क्षेत्रमा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन ।
बिहीबार बिहान चुमनुब्री- १ बाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा- ६ काठमाडौंका मिनुइन्द्र लम्सालको उद्धार हुन सकेको छैन । प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको टाउकोमा धेरै गहिरो ठूलो चोट लागेको छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले जानकारी दिइन् । फर्कने क्रममा चुमनुब्री -४ बुर नजिकै भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए । सो टोलीमा घाइते लम्साल,विशाल लम्साल र दीपेन्द्र न्यौपाने छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।