मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपात हुने

मेगा खबर संवाददाता

१८, कार्तिक २०८२
  • 850
    SHARES

  • पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपात हुने

    काठमाडौ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी,गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात छ । बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो ।

    हिमाली क्षेत्रमा वर्षासँगै हिमपात भएको थियो । हिमपातका कारण मनाङ्को डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो ।

    राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ ।

    सोमवार, कार्तिक १८ २०८२०७:४१:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार