मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

मेगा खबर संवाददाता

६, फाल्गुण २०८२
  • 403
    SHARES

  • यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    बुधवार, फाल्गुण ६ २०८२०७:५९:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार