मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

देशभर घट्यो घरजग्गा कारोबार,सरकार गठनपछि सुधार हुने व्यवसायीको अनुमान

देशभर घट्यो घरजग्गा कारोबार,सरकार गठनपछि सुधार हुने व्यवसायीको अनुमान

मेगा खबर संवाददाता

१, चैत्र २०८२
  • 1.3K
    SHARES

  • देशभर घट्यो घरजग्गा कारोबार,सरकार गठनपछि सुधार हुने व्यवसायीको अनुमान

    काठमाडौँ, चालु आर्थिक वर्ष २०८२८३ को फागुनमा घरजग्गा कारोबार घटेको छ ।

    यो महिना देशभर ३६ हजार ४ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा २८.२५ प्रतिशतले न्यून हो । माघमा ५० हजार ८ सय ३७ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

    गत वर्ष फागुनको तुलनामा पनि यो वर्ष घरजग्गा कारोबार २० प्रतिशतले घटेको देखिन्छ । गत फागुनमा देशभर ४६ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो । फागुनमा कारोबारसँगै राजस्वमा पनि कमी आएको छ । माघमा सरकारलाई पाँच अर्ब रूपैयाँ राजस्व प्राप्त भएकोमा फागुनमा भने ४ अर्ब १४ करोड रूपैयाँमा सीमित छ । 

    सरकार गठनपछि घरजग्गाको कारोबार सुधार हुने व्यवसायीको अनुमान छ ।

    आइतवार, चैत्र १ २०८२०३:२१:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार