मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

डलरको भाउ १५३ रुपैयाँ ८० पैसा, यस्तो छ आजको विदेशी मुद्राको दर

डलरको भाउ १५३ रुपैयाँ ८० पैसा, यस्तो छ आजको विदेशी मुद्राको दर

मेगा खबर संवाददाता

२, आश्विन २०८३
  • 280
    SHARES

  • डलरको भाउ १५३ रुपैयाँ ८० पैसा, यस्तो छ आजको विदेशी मुद्राको दर

    काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा कायम भएको छ ।

    यस्तै,अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ४८ पैसा र १०९ रुपैयाँ ९१ पैसा तथा सिङ्गापुर डलर १२० रुपैयाँ ६ पैसा र १२० रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा छ । युके पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्नेछ ।

    शुक्रवार, आश्विन २ २०८३०६:५९:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार