काठमाडौं, चालु आर्थिक वर्ष २०८२८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५५ प्रतिशत बढेर सो स्थानमा पुगेको हो । १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात तथा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ । समीक्षा अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत वर्षको सोही अवधिको आयातको तुलनामा १२.५४ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएको थियो । फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
निर्यात व्यापारमा पनि यो अवधिमा उल्लेख्य सुधार देखिएको छ । फागुन मसान्तसम्म नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र सीमित थियो ।
तथ्याङ्क अनुसार आयात-निर्यात अनुपातमा भने केही सुधार देखिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।