मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लिग–२ : कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

लिग–२ : कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

  • 625
    SHARES

  • लिग–२ : कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

    आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक साबित भए । शतकसँगै नटआउट प्रदर्शनले नेपालले १९६ रनको लक्ष्य ३६.४ ओभरमै पूरा गर्‍यो । भूर्तेलले ११८ बल खेलेर १२० रन बनाए । उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

    एकदिवसीय अन्तर्राष्ट्रियमा भूर्तेलको यो दोस्रो शतक हो । खेलमा अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक बनाएका थिए ।उनले ७२ बलमा ५८ रन बनाएका थिए । पहिलो एकदिवसीय खेलेका इशान पाण्डे ३० बलमा २० रन बनाउँदै नट आउट रहे ।यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभर खेल्दै १९५ रन बनाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए ।

    शनिवार, जेठ २ २०८३०३:४९:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार