काठमाडौँ, मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।
महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको हो । जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको लक्ष्य नेपालले १९ ओभर तीन बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाए । ४३ बलको सामना गर्दै उनले पाँच चौकाको मद्दतमा नटआउट ४२ रन बनाएका हुन् । सोनी पार्खिनले २९ रन बनाउनुभएको खेलमा कविता कुँवरले १४ रन जोडे । अन्तिम समयमा आएर आएर मात्र ६ बलको सामना गर्दै सीता रानामगरले नटआउट १३ रन बनाए ।
नेपालविरुद्ध कसिलो बलिङ गरेको इन्डोनेसियाका लागि सुवान्देवी र काइदे अरियानीले दुई, दुई विकेट हात पार्दा लक्ष्मी परमिथा र न्योमन मेप्रियानीले एक, एक विकेट हात पारे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।