मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

निर्जीवन बीमा कम्पनीमा बजेट प्रभाव, क्षेत्रगत सूचकमा सबैभन्दा धेरै वृद्धि

निर्जीवन बीमा कम्पनीमा बजेट प्रभाव, क्षेत्रगत सूचकमा सबैभन्दा धेरै वृद्धि

  • 871
    SHARES

  • निर्जीवन बीमा कम्पनीमा बजेट प्रभाव, क्षेत्रगत सूचकमा सबैभन्दा धेरै वृद्धि

    काठमाडौं, अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । 

    १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो ।

    अघिल्लो दिन फाइनान्स समूहमा आकर्षण देखिएको थियो । सो समूह अघिल्लो दिन सबैभन्दा धेरै ६ प्रतिशत बढेको थियो । आज भने निर्जीवन बीमा समूहमा आकर्षण देखियो । यो समूह आज ३.३७ प्रतिशत बढ्यो । आजको वृद्धिपछि निर्जीवन बीमा समूह वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ ।

    बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाएर १० लाख पुर्‍याएको छ, जसले निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्न मद्दत पुग्ने भएकाले पनि आकर्षण बढेको हो । जीवन बीमा १.७३,उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशत घट्यो । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ तथा बैंकिङ ०.१३ प्रतिशत घटे ।

    कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत बढ्यो । विजय लघुवित्तको ८.७३, सयपत्रि हाइड्रोपावरको ७.०५ तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशत मूल्य बढ्यो ।

    नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशत घट्यो । सेन्ट्रल फाइनान्सको ३.४८, हिमालयन रिइन्स्योरेन्सको ३.३९ तथा त्रिशूली जलविद्युतको मूल्य ३.३९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन् ।

    बुधवार, जेठ २० २०८३०४:४९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार