मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

  • 760
    SHARES

  • ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

    काठमाडौं, ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनल खेल्ने भएको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९।४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो।

    ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाउँदै अविजित रहे। उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

    दोस्रो ओभरमा नै नेपालले दुई ओपनरलाई गुमायो। कुशल भुर्तेल २० रनमा कट एन्ड बोल्ड हुँदा दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेख १ रनमा क्याच आउट भएका हुन् । त्यसपछि लोकेश र रोहितले पारी सम्हालेका थिए। 

    रोहित पौडेलले २० बलमा २ चौका सहित २१ रन बनाउँदै अविजित रहे। ओमानको लागि दुवै विकेट समिर ओथमानले लिए। 

    त्यसअघि, ब्याटिङ गरेको ओमानका लागिकप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए। एक तर्फबाट विकेट गइरहँदा उनले भने ओमानको पारी सम्हाल्ने कोसिस गरेका थिए उनले ४२ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। उनले सातौं विकेटका लागि अब्दुलजलील खानसँग ३० रनको साझेदारी गरे। जुबेर अलि अख्तरले २२ रन बनाए। उनले चौथो विकेटका लागि कप्तान सुफ्यान महमुददँग ३५ रनको साझेदारी गरेका थिए।

    शीर्ष ३ का ब्याटर सस्तैमा पेभेलियन फर्किए। ओपनर मोहम्मद अलि अकबर ९ रनमा पेभिलियन फर्किदा अर्का ओपनर शुयब इस्मेल र वान डाउन आएका नावेद अब्दुल माजिद करण केसीको बलमा ‘डक' हुँदै डगआउट फर्किए।अब्दुलजलील खानले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

    नेपालको लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिए ।कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र साहब आलमले १-१ विकेट लिएका थिए। नेपालले मलेसिया र हङकङ बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ।

    आइतवार, जेठ २४ २०८३०१:३९:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार