मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

  • 772
    SHARES

  • नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

    काठमाडौँ, साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ ।

    सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

    समूहगत रूपमा आज फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् । अन्य र ट्रेडिङ सेक्टरमा एक प्रतिशत भन्दा धेरै घटेको छ ।आज कारोबार भएका कम्पनीमध्ये ४३ वटाको शेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    बढी नाफा कमाउनेमा कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ १३.११ प्रतिशत छन् ।

    सोमवार, जेठ २५ २०८३०३:५७:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार