मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

विश्वकपको ज्वरो, युवाहरूमा जर्सीको क्रेज

विश्वकपको ज्वरो, युवाहरूमा जर्सीको क्रेज

  • 550
    SHARES

  • विश्वकपको ज्वरो, युवाहरूमा जर्सीको क्रेज

    काठमाडौं,
    फिफा विश्वकपको चर्चा बढेसँगै युवाहरूमा फुटबल जर्सीको क्रेज पनि बढेको छ । काठमाडौंको न्यू रोड,इन्द्रचोक,बौद्ध र जोरपाटी क्षेत्रका जर्सी पसलहरूमा ग्राहकको भीड लाग्न थालेको छ ।

    आफ्नो मनपर्ने टोलीको समर्थन गर्न युवाहरू अर्जेन्टिना,ब्राजिल,पोर्चुगल,फ्रान्स लगायतका देशका जर्सी खरिद गरिरहेका छन् । बजारमा जर्सीको मूल्य ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रहेको छ ।

    जोरपाटीस्थित जर्सी व्यवसायी श्यामलाल तामाङका अनुसार विश्वकपको माहोल बढेसँगै पछिल्लो एक सातादेखि जर्सीको बिक्री उल्लेख्य रूपमा बढेको छ । “अहिले बिहानदेखि बेलुकासम्म ग्राहकको चाप छ । विशेष गरी युवाहरू आफ्नो मनपर्ने टोलीको जर्सी खोज्दै आइरहेका छन्,” उनले बताए ।

    विश्वकपको उत्साहसँगै काठमाडौंका जर्सी पसलहरूमा अहिले भ्याइनभ्याइ भएको व्यवसायीहरू बताउँछन् ।

    शनिवार, जेठ ३० २०८३०८:१६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार