मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि बढि

असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि बढि

  • 595
    SHARES

  • असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि बढि

    काठमाडौं, वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन ।

    वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । जेठको तुलनामा असारमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन । धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।

    व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर 

    बैंक जेठको ब्याजदर असारको ब्याजदर
    कृषि विकास ४.१५ ४.१५
    सिटिजन्स ४.१० ४.१०
    एभरेस्ट ४.०५ ४.०५
    ग्लोबल आईएमई ४.५० ४.५०
    हिमालयन ४.२५ ४.००
    इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
    कुमारी ३.९६ ३.९१
    लक्ष्मी सनराइज ४.५० ४.००
    माछापुच्छ्रे ४.५० ४.५०
    नबिल ४.५५ ४.५५
    नेपाल ४.२५ ४.२५
    नेपाल एसबीआई ४.२५ ४.२५
    एनआईसी एसिया ४.५० ४.००
    एनएमबी ४.८० ४.७५
    प्राइम कमर्सियल ४.१५ ४.००
    प्रभु ४.५५ ४.५५
    राष्ट्रिय वाणिज्य ४.७५ ४.७५
    सानिमा ४.५० ४.५०
    सिद्धार्थ ४.०५ ४.०५
    स्ट्यान्डर्ड चार्टर्ड ४.०० ३.९५

     

    आइतवार, जेठ ३१ २०८३०४:१६:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार