मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

  • 448
    SHARES

  • सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

    काठमाडौ, सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको छ । गत सोमबार सुनको भाउ तोलामा २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    सोमवार, आषाढ १ २०८३१२:२१:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार