काठमाडौं, लिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आज नेपाल आएकी छन् । उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायाङ्कन वा व्यक्तिगत बिदाका लागि होइन,बरु नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो ।
भारतको अग्रणी इभेन्ट तथा बेडिङ उद्योगको संस्था (EMF Global) ले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँEMF ACE Global Convention & Awards 2026 मा सहभागी हुन शिल्पा काठमाडौँ आएकी हुन् ।
साउन १५ देखि १७ गतेसम्म द सोल्टी काठमाडौँमा सञ्चालन हुने सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, बेडिङ प्लानर,पर्यटन व्यवसायी,लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।