मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अमेरिकाबाट फर्कियो धुर्मुस–सुन्तलीको कमेडी कमब्याक,‘म त मर्छु कि क्या हो’ लिएर आउँदै

अमेरिकाबाट फर्कियो धुर्मुस–सुन्तलीको कमेडी कमब्याक,‘म त मर्छु कि क्या हो’ लिएर आउँदै

मेगा खबर संवाददाता

९, भाद्र २०८३
  • 145
    SHARES

  • अमेरिकाबाट फर्कियो धुर्मुस–सुन्तलीको कमेडी कमब्याक,‘म त मर्छु कि क्या हो’ लिएर आउँदै

    काठमाडौं, नेपालमा हास्यकलामार्फत दर्शकको मन जितेको धुर्मुस–सुन्तली जोडी अब अमेरिकाबाटै नयाँ कथासहित दर्शकमाझ आउने भएको छ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाको परिवेशमा आधारित नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन् ।

    नर्थ क्यारोलिनाको राले क्षेत्रलाई केन्द्रमा राखिएको सिरियलको निर्देशनसमेत सीताराम कट्टेलले गरेका हुन् । धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको सिरियलको छायांकन राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरोलगायतका स्थानमा गरिएको छ ।

    सिरियलमा धुर्मुस–सुन्तली आफ्नै भूमिकामा देखिँदैछन् । वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन् । लामो समयपछि अभिनयमा फर्किएका मिश्रसँगै दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईंलगायत कलाकारको अभिनय छ ।

    यसै सिरियलमार्फत धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गर्दैछिन् ।

    ‘म त मर्छु कि क्या हो’ हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

    अमेरिकामा रहेका नेपालीको संघर्ष, अवसर, पारिवारिक सम्बन्ध, सामाजिक तथा सांस्कृतिक चुनौती र प्रवासी जीवनका अनुभवलाई सिरियलले हास्यव्यंग्यको शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । साथै विदेशमा नेपालीपन जोगाउने प्रयास र नयाँ पुस्ताको सोचलाई पनि कथामा समेटिएको छ ।

    धुर्मुसकै चर्चित संवादबाट नाम लिइएको यो सिरियलले अमेरिकाबाट नेपाली दर्शकलाई फेरि धुर्मुस–सुन्तलीको हास्य स्वाद चखाउने अपेक्षा गरिएको छ ।

    मंगलवार, भाद्र ९ २०८३०१:४८:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार