काठमाडौं, सरकारले आर्थिक वर्ष २०८३८४ का लागि नेपाल प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी संशोधित तलब संरचना जारी गरेको हो ।
नयाँ तलबमान अनुसार नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ भने नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को मासिक तलब ७८ हजार ५७६ रुपैयाँ तोकिएको छ । दुवै निकायको पद संरचना र सेवा प्रणाली फरक भएकाले तलबमान पनि सम्बन्धित सेवा समूहको स्वीकृत दरअनुसार निर्धारण गरिएको हो ।
प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ८४ हजार ५७६ रुपैयाँ, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ७३ हजार ७५० रुपैयाँ, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७१४ रुपैयाँ, प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५४६ रुपैयाँ र प्रहरी निरीक्षकको ६० हजार ८७४ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी प्रहरी नायब निरीक्षक (सई) को ४८ हजार ३८७ रुपैयाँ, प्रहरी सहायक निरीक्षक (असई) को ४४ हजार ५७७ रुपैयाँ, प्रहरी वरिष्ठ हवल्दारको ३७ हजार ६४८ रुपैयाँ, प्रहरी हवल्दारको ३७ हजार ४५७ रुपैयाँ, प्रहरी सहायक हवल्दारको ३७ हजार १ रुपैयाँ तथा प्रहरी जवानको ३६ हजार ३३८ रुपैयाँ मासिक तलब निर्धारण गरिएको छ । नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १७२ रुपैयाँ तोकिएको छ ।
सरकारले संशोधित तलबमानसँगै ग्रेड रकम तथा वृद्धिपश्चात् कायम हुने तलबमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने व्यवस्था गरेको छ ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।