काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ । आइतबार सुन ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ ।
तर, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५७ रुपैयाँ कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।