काठमाडौँ, नेपाली रुपैयाँको विदेशी मुद्रासँगको विनिमय दरमा आज पनि अमेरिकी डलर बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ । क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूले भने आफ्नै कारोबार अनुसार फरक विनिमय दर तोक्न सक्नेछन् । अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।