३१ भदौ, काठमाडौं, चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव भएको र महँगो मूल्य तिर्नुपरेको उपभोक्ताको गुनासो छ । तर सरकारले भने बजारमा चिनीको अभाव नरहेको र आपूर्ति सहज रहेको दाबी गरेको छ ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा प्रतिलिटर होइन,प्रतिकिलो ११० रुपैयाँमै चिनी बिक्री भइरहेको छ । भाटभटेनी, बिग मार्ट,सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट चिनी उपलब्ध हुने विभागले जनाएको छ ।
भोटेकोशी बाढी,कृष्णभीरको पहिरो र भारतबाट चिनी निकासीमा देखिएको समस्याका कारण बजारमा अभाव भएको चर्चा चलेपछि सरकारले आपूर्ति सहज बनाउन सरोकारवालासँग छलफल गरेको थियो ।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा ३० भदौमा बसेको बैठकपछि आपूर्ति सहज बनाइएको विभागको भनाइ छ ।
विभागका प्रवक्ता अनिल किराँतीले चिनी पर्याप्त रहेकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । उनले अभावको डरले आवश्यकताभन्दा बढी चिनी थुपारेर नराख्न समेत आग्रह गरेका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।