मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कृष्णभीरमा बाटो खुल्यो, ग्यासको मूल्य पुरानै कायम

कृष्णभीरमा बाटो खुल्यो, ग्यासको मूल्य पुरानै कायम

मेगा खबर संवाददाता

१, आश्विन २०८३
  • 352
    SHARES

  • कृष्णभीरमा बाटो खुल्यो, ग्यासको मूल्य पुरानै कायम

    काठमाडौं, काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने भएको छ ।

    गत भदौ १४ गते कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गरिएको थियो । त्यस क्रममा ढुवानी खर्च बढेपछि प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त मूल्य थपिएको थियो ।

    तर, कृष्णभीरमा नयाँ ट्र्याक खोलेर बिहीबारदेखि राजमार्ग सञ्चालनमा आएपछि ग्यासको मूल्य पनि पुरानै कायम गरिएको हो।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बुधबार नै बिहीबारदेखि ग्यास पुरानै मूल्यमा बिक्री हुने जानकारी दिएका थिए ।

    अब उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहनेछ ।

    बिहिवार, आश्विन १ २०८३०९:३४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार